Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुन्दर देखिने पाँच उपाय

तपाईं आफ्नो अनुहारमा ग्लो चाहनुहुन्छ भने फेस क्लिनिङ अथवा फेसियलले केही पनि हुनेवाला छैन । वर्कआउटमा मात्र एउटा उपाय हो । एक्सरसाइज गर्नाले तपाईंको ब्लड फ्लो बढ्छ र छालाले प्रसस्त अक्सिजनसमेत पाउँछ । त्यसैले ट्रेडमिलमा चढौँ र वर्कआउट गर्न थालौँ ।
सही खाना ः आफ्नो खानामा प्रसस्त फलफूल तथा साग–सब्जीहरूलाई समावेश गर्नै पर्छ । भिटामिन– ए, सी तथा भिटामिन– ईयुक्त खानेकुराहरू अत्यधिक मात्रामा खानुपर्छ । ती खानेकुराले तपाईंको छालालाई आकर्षक बनाउने छन् ।
प्रसस्त पानी पिउनुपर्छ ः हामीलाई थाहा छ, यो तपाईंका लागि नयाँ कुरा होइन । यद्यपि पानी तपाईंको शरीरका लागि अमृत हो, यो सत्य कुरा हो । यदि तपाईंले दिनमा दुई लिटर पानी पिउन सक्नुहुन्न भने कम्तीमा त्यति पानी पिउनुहोस्, जति पिएपछि तपाईंलाई प्यास नलागोस् ।
सनब्लक ः सनब्लक तपाईंको छालालाई सूर्यको हानिकारक किरणहरूबाट बचाउनु अनिवार्य छ । यो अल्ट्रा भ्वाइलेट किरणहरू छालाको क्यान्सर तथा उमेरभन्दा अघि नै वृद्ध देखिने कारणसमेत बन्न सक्छ । बाहिर निस्कनुभन्दा १५ मिनेट पहिले नै सनब्लक क्रिम लगाउनुपर्छ ।
मोइश्चराइज ः छालालाई मोइश्चराइज गर्नु स्किन रुटिनको महत्वपूर्ण पक्ष हो । यसले तपाईंको छालालाई पर्याप्त नरम तथा मुलायम बनाउँछ । आफ्नो छालाको प्रकारअनुसार सही बडी लोसन छनोट गर्नुपर्छ ।


सम्बन्धित समाचार

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल