Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ — नेपाली कांग्रेसका सांसद सुनील शर्माले सुन प्रकरणमा संलग्न मुख्य अभियुक्तलाई पक्राउ नगरे आफू संसद्मै आमरण अनशन बस्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै सांसद शर्माले सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरे ।
दुई छाक भात खान नपाएर सडकमा हिँडेका नेपालीहरूले हेरिरहेको विषय हो । काठमाडौं विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन आउँदा पनि पक्डन नसक्नु भनेको हामी सबै त्यो दोषको भारिदार हुन्छौं‚ उनले भने, यो चिजलाई गुमचुम पारेर त्यो गाउँको बिचरा भरियालाई मात्रै हिरासत राख्ने र मुख्य नाइकेहरू भाग्छन् र अर्थमन्त्री र गृहमन्त्रीले त्यही भुजेललाई मात्रै पक्रेर बस्छन् भने प्रधानमन्त्री फर्केपछि उहाँहरूले तोकेको मितिभित्र भरियामात्रै पक्राउ पर्छ भने यो सदनभित्र म आमरण अनशन घोषणा गर्न चाहन्छु
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल