Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुरक्षा संयन्त्रमा हाइ एलर्ट

काठमाडौं । सरकारले संसद विघटनको सिफारिश र निर्णयसँगै प्रधानमन्त्री ओलीको यो कदमको प्रतिपद दलहरुले मात्र होइन आफ्नै पाटीका नेताहरुले समेत बिरोध गरिरहेका छन्। विघटनसँगै देशभरमा प्रर्दशन तथा विरोध र्‍याली निस्कन सक्ने आशंकामा प्रहरी प्रधान कार्यालय नक्सालले सुरक्षाकर्मीलाई हाई अलर्टमा राखेको छ। यस्तो अबस्थामा बिरोध प्रर्दशन लगायत हुन सक्छ। त्यसलाई नियन्त्रण तथा मर्यादीत बनाउन हाम्रो सुचना संकलन तथा अन्य कुरामा सुरक्षाकर्मीलाई तैनाथ राखेका छौं। नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले भने। प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीले आफ्ना मातहतका निकायहरुमा समन्वय गरेर तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। सात वटै प्रदेशका प्रहरी प्रमुखलाई समेत सुरक्षा व्यवस्था थप कडा र तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन्।