Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भदौ १० गते त्रिशूली नदीमा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ ।
उद्धार टोलीले आज बिहान सुरुङबाट मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जनलाई सकुशल बाहिर निकालेको हो । उनीहरूलाई उद्धार गर्न सुरक्षाकर्मी तथा प्राविधिक टोलीले निरन्तर प्रयास गरिरहेको थियो ।
दुई जनाको जीवितै उद्धार भएपछि पूर्वऊर्जामन्त्री कुलमान घिसिङले अन्य जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिहरू पनि सकुशल रहेको आशा थप बलियो भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत घिसिङले रसुवागढी र चिलिमे जलविद्युत् केन्द्रका भूमिगत विद्युत्गृह तथा माथिल्लो त्रिशूली–१, अप्पर त्रिशूली–३ बी र लाङटाङ खोला जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको खोजी तथा उद्धारलाई तत्काल तीव्रता दिन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
उनले उद्धार कार्यमा उपलब्ध प्राविधिक क्षमता, विज्ञता तथा साधन–स्रोतअनुसार सहयोग भइरहेको र निरन्तर सहयोग गरिने बताएका छन् । साथै, अहोरात्र उद्धारमा खटिएका उद्धारकर्मी, सुरक्षाकर्मी, प्राविधिक तथा सहयोगीप्रति उनले आभार व्यक्त गरेका छन् ।
२०८३ भाद्र १९
ताजा नेपाल
२०८३ भाद्र १९
ताजा नेपाल
२०८३ भाद्र १९
ताजा नेपाल