Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुर्खेतमा पनि देखियो बर्डफ्लु

सुर्खेत । केही साता यता नेपालमा बल्र्ड फ्युको संक्राण्म देखिनक्रम जारी छ । सुर्खेतमा बर्डफ्लु देखा परेको छ। वीरेन्द्रनगर १२ मा स्थानीय कृषकले पालेका कुखुरामा यो रोग देखा परेको हो। बर्डफ्लुको आशंकामा परीक्षण गर्दा पुष्टि भएको पशुपन्छी विकास निर्देशालय कर्णाली प्रदेशले जनाएको छ। दुई जना स्थानीयले पालेको दुई सय ७९ वटा कुखुरा र एक सय दुई वटा परेवा, २२ वटा अण्डा र ३१ किलो कुखुराको दाना नष्ट गरिसकेको निर्देशालयका निर्देशक मोहन गिरीले जानकारी दिए। चिकित्सक र प्राविधिक सहितको टोलीले अनुगमन र परीक्षण गर्दा थप पुष्टिका लागि काठमाण्डौँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु सेवा कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले समेत पुष्टि गरेको हो।
निर्देशक गिरीका अनुसार स्थानीय जातका कुखुरामा समेत देखिएको छ। यो रोग फैलिन नदिन निर्देशनालय कुनै पनि फार्मका पन्छी वा अन्य पन्छीहरु अस्वभाविक रुपमा विरामी परे वा मर्न थाले तत्काल नजिकैको पशु सेवा कार्यालयमा खवर गर्न आग्रह गरेको छ। रोग देखिएका क्षेत्रस्थित घरपालुवा लगाएत रोग सार्न सक्ने अन्य वस्तुहरु समेत नष्ट गरिएको छ। रोग नियन्त्रणका लागि पशु चिकित्सक सहितको टोली र अन्य जनशक्ति परिचालन गरेका छन्। यसअघि काठमाण्डौँको तारकेश्वर नगरपालिकास्थित पालिएका पन्छीमा बर्डफ्लु देखिएको थियो। यसअघि काठमाडौँको तारकेश्वर नगरपालिकामा पालिएका पन्छीमा बर्डफ्लु देखिएको थियो।
रोग नियन्त्रणका क्रममा शुक्रबार पशु सेवा विभाग, कर्णाली प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय तथा अन्तर्गतका निकाय र वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा रोग देखिएका क्षेत्रमा रहेका सबै घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको उनले जानकारी दिइन्। विभागले रोगको सघन निगरानीमा सहयोग गरी रोग देखापरेको अवस्थामा तत्काल नियन्त्रणमा लिन सक्रियतापूर्वक सहयोग गर्न सम्बन्धित सबैसँग अनुरोध गरेको छ।