Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सूर्यज्योति लाईफ इन्स्योरेन्सको नाफा ४६ करोड

काठमाडौं । सूर्यज्योति लाइफको नाफा ९ करोड रुपियाँले बढेको छ ।
कम्पनीले आज सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण ४६ करोड ३ लाख रुपियाँ खुद नाफा गरेको हो । अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा ३७ करोड ३७ लाख रुपियाँ आर्जन गरेको थियो ।
कम्पनीकोको जीवन बीमा कोषमा २६ अर्ब ९९ करोड १६ लाख रुपैयाँ रहेको छ भने आठ अर्ब ८१ करोड रुपियाँ बीमा शुल्क आर्जन गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १० रुपियाँ १३ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको हाल कायम चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपियाँ छ ।


सम्बन्धित समाचार