Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेटिङ्गको तस्करी रोक्ने यस्तो योजना

काठमाण्डौ । सिमा सुरक्षा र तस्करी नियन्त्रण माथि केन्द्रीत रहेको शसस्त्र प्रहरीको छिन्नमस्त बाहिनी यति खेर सो बाहिनी अन्तगतका ८ जिल्लालाई घुमुवा रहित क्षेत्र बनाउने अभियानमा जुटेको छ । विगतमा बाहिनी पती बनेर जानेहरु नवधनाध्य बनेर फर्कने गरेको अवस्था थियो । त्यहाको बाहिनी पति तस्कर र माफीयाहरुको संरक्षक बनेर आफू धनि हुने गरेकाले संगठनको समेत इज्जत थिएन । तर यस पटक बाहिनी पति बनेर गएका सिपी गौतम कठोर बनेर प्रस्तुत भएका छन् । उनले आफ्नो क्षेत्र अन्तरगतका ८ जिल्लामा शसस्त्र प्रहरीका निरिक्षक देखि हबलदार सम्मलाई आचरण सम्बन्धी प्रसिक्षण पनि दिएका छन् । जिल्लाका सिडीयो र प्रहरी प्रमुखसँगै शसस्त्र जोडिएपछि शान्ति सुरक्षाकोे स्थिती सुधार हुने विश्वास गरिएको छ । दशगजा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रणका लागि खटाइएका विओपीहरुलाई हरेक १५ दिनमा आफ्नो जिल्ला कमाण्डरलाई रिपोर्ट दिनु पर्ने बाध्यता पनि तीनै बाहिनी पतिले खडा गरेका छन् । जो कार्यकालमा छिन्नमस्त बाहिनीलाई घुमुवा रहित बनाउन लागि परेका छन् ।

गौतमका अनुसार यतिखेर २ नंमर प्रदेशका जिल्लाहरुमा डिएसपी र निरिक्षकको कमाण्डमा टयाक्टीकल स्क्वाडको व्येवस्था गरिएको छ । उनीहरुलाई जिल्लाका एसपीले खटाउछन् । प्रतेक मोटरसाइकलमा दुई जना हुन्छन् । तीनले आफ्नो कार्यक्षेत्रको रिर्पोट हरेक २५ दिनमा जिल्लाका कमाण्डरलाई बुझाउनु पर्छ र जिल्लाले बाहिनीलाई रिपोर्ट बुझाएपछि जहाँ जहाँ कमजोरी छ त्यहाँ सुधारको प्रकृया शुरु हून्छ । यति सम्मकी शसस्त्र प्रहरीले सीमाबाट लागू औषधको कारोबार गर्ने व्यक्तिलाई प्रकाउ गर्यो भने त्यसको साथबाट जफत भएका कुनै पनि सामान फिर्ता नगरि राजस्वलाई बुझाउने घोषणा समेत गरिएको छ । हाइवेमा हुने दुर्घटनामा परेका मान्छेहरुको उद्धार आफ्नै ठाँउमा छ । संगठनको इज्जत बचाउने, प्रतिष्ठा जोगाउने हो भने सञ्चालक नै निडर हुनु पर्दछ । जसले आफूलाई लोभबाट टाढा राख्छ त्यसले आफ्नो घोषणा पूरा गर्न सक्दछ भन्ने कुरा डीआइजी गौतमले बुझेका छन् ।

त्यही कारण उनले हरेक जिल्ला प्रमुखलाई विवाद रहित ढंगले काम गर्न निर्देषण दिएका हुन् । मोटरसाइकलमा कुद्ने ट्याक्टीकल स्क्याडको सीमा तस्करी नियन्त्रणमा विषेश दायित्व हुने गर्दछ । बीओपीमा खट्नेहरुमाथि बुझाउन नपरेपछि बाहिनी पति प्रमुख जस्तै स्वस्छ हुन सक्ने अवस्था पनि छ । सुरक्षा निकायको वृत्ति विकास आचारण र व्यवहार सुधार्नको निम्ति संगठन प्रमुखको दायित्व महत्वपूर्ण हुन्छ । प्रमुखले निष्ठा र दायित्व बुझ्यो भने फौजी संगठनको इज्जत जोगिन्छ । यो यथार्थलाई प्रदेशका बाहिनी पतिहरुले बुझीदिए भने शसस्त्र प्रहरीले राज्यबाट प्राप्त गरेको सिमा सुरक्षा, भीआइपी सुरक्षा, जस्ता जिम्मेवारीमा लोकप्रिय हुने छ । सिमाको जिम्मा पाएको हुनाले सिमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणमा शसस्त्र प्रहरी इमान्दार भयो भने नेपाल प्रहरीको सेटिङ्ग समेत भत्कन सक्छ । प्रहरीमा भने तानेको तानै उता नेपाल प्रहरीमा भने जिल्लाको जिम्मेवारी पाएर एक वर्ष पनि टिक्न नसक्ने एसपीहरु बढिरहेका छन् । उनीहरु आफ्नै आचारणका कारण केन्द्रमा तानिएका पनि छन् । मकवानपूरका एसपी सोमेन्द्र सिहं राठोरलाई क्रसर उद्योगसँग दौतरी जोडेको आरोप लाग्यो भने कपिलबस्तुका एसपि नवराज अधिकारी तस्करी सेटिङ्ग र जुवा अखडाका साथी भए । गृहमन्त्रीसँग जातिय सम्बन्ध भएका कारण बाकेका ओम रानामाथि औला ठडिए पनि तानिएको छैन । तर सिन्धुलीका अभुषण तिमील्सीना, बाग्लुङका लोकेन्द्र श्रेष्ठ भने तानिए ।

उनीहरु जहाँ जान्छन् त्यहा कमाउछन् । कार्यशैली नसुध्रीएपछि प्रधानकार्यलयले तान्छ केही समय त्यही घुम्छन् थैली बुझाउछन् पुन जिल्लाको नेतृत्व गरेर जान्छन् । यो रमिता भने अर्धशैनिक बल शसस्त्रमा देखिएको छैन । सार्वजनिक महत्व र धार्मिक संस्थाहरुको जग्गा कब्जा गर्दा माफियाहरुले प्रहरीलाई नै प्रयोग गरेका छन् । टंगालको लक्ष्मी नारायण मन्दिरले चर्चेको ८ रोपनी क्षेत्र फलको जग्गा कब्जा गर्न बतास ग्रुपले पूर्व एस एस पी सिव राम खड्कालाई प्रयोग गर्नु पनि अपराधमा फसिहाले कम सजाय पाइन्छ भन्ने होला । यस्तो हालत शसस्त्र प्रहरी बलमा भित्रीसकेको छैन । त्यसका निम्ति नेतृत्व स्वच्छ भयो भने मात्र संगठनको बदनाम हुदैन भन्ने सोचाइ राख्ने कति होलान् ? प्रश्न यतिखेर उठेको छ जति खेर छिन्न मस्तका बाहिनीका बाहिनीपति सीपी गौतमले आफ्नो नियन्त्रणका जिल्लाको अपराध नियन्त्रण र निगरानीका निम्ति मोटरसाइकलमा ट्याक्टीकल स्क्यावड परिचालन गरेका छन् ।