Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेन्सरले काँडेतार रोकेपछि निर्माता नबल खड्का अदालत जाने

काठमाडौं । गत साता केन्द्रिय चलचित्र जाँच समितिबाट सेन्सर पास नभएको नेपाली चलचित्र काँडेतारका निर्माता अभिनेता नवल खड्काले आफु न्यायको लागि अदालत जाने बताएका छन् । मँगलबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै आफुलाई राज्यले यो फिल्म प्रदर्शनको लागि अनुमति नदिएकाले अदालत जान लागेको बताएका छन् ।

अदृष्य शक्तिले यो फिल्म निर्माण गर्न नदिन मलाई धेरै नै दुख दिएर हैरान बनायो । मैले भूमिगत रहेर फिल्मको छायाँकन सकेर राष्ट्रबादी फिल्म बनाउँदा पनि अहिले सरकारले प्रदर्शनको लागि सेन्सर गरिदिएन । उनले भने,नेपाली भूमिलाई छिमेकी अतिक्रमणलाई रोक्न सिमानामा काँडेतार लगाउँछु भनेर मुद्धा उठाउँदा यसलाई सेन्सरमा रोक लगाउनुले सरकार राष्ट्रियताको पक्षमा छैन । र मलाई यो चलचित्र प्रदर्शन गर्न नदिन अहिले विभिन्न प्रकारका बाधा अबरोध तुल्याईएको छ ।

अभिनेता खड्काले यस अघि आफुले बनाएको चलचित्र क्रान्ती, आवाज, दशगजा, भिमदत्तलाई पनि सेन्सरले दुख दिएर प्रदर्शनीमा निकै समस्या उब्जाएको बताए,यो सरकार केबल मायाँप्रेमको फिल्म बनाओस भन्ने चाहन्छ । देशभक्ति फिल्म बनाउँदा सरकारलाई नै टाउको दुख्नुकोकारण मैले अझै बुझन सकेको छैन । उनले पत्रकार सम्मेलनमा भने ।

अहिले सेन्सर बोर्डले भने अनुसारको दृष्यहरु काट्ने हो भने सिनेमाले उठाउन खोजेको बिषय केही पनि बाँकी नरहने पनि खड्काले जिरिक गरे । अब आफु एकपटक फेरी यो फिल्म लिएर जेठ पहिलो साता सेन्सरमा जाने र त्यतिबेला पनि सेन्सर पास नभए कानूनी बाटोमा लाग्ने उनले बताए ।

सोही कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता भीम रावलले चलचित्र काँडेतारलाई सेन्सर बोर्डले निर्विकल्प सेन्सर पास गरेर प्रदर्शनीमा सहयोग पु(याउनु पर्ने बताए,राष्ट्रियताको पक्षमा निर्माण गरिएको यो चलचित्रको कुन चाहिं संवाद र दृश्यले नेपालको राष्ट्रिय हितमा आघात पुगेको छ भनेर उहाँहरुले जवाफ दिन सक्नु प¥यो । हैन भने यो चलचित्रलाई अहिलेकै अबस्थामा सेन्सर पास गर्नु पर्ने माग उनले पत्रकार सम्मेलनमा राखे ।

मुलुकमा गणतन्त्र भएको कुरा प्रति सरकारको यस्तो कार्यले आफुहरुलाई शँकास्पद तुल्याएको बताउँदै यदि सरकारले काँडेतारको प्रदर्शनमा रोक लगाएको खण्डमा जनतामाझ लगेर प्रदर्शन गरिने आबाज पनि उनले सो कार्यक्रममा उठाए । राज्यले गर्नु पर्ने काम सिनेमामार्फत सुरु गरिएको यो कार्यलाई सरकारले समर्थन गर्नु पर्ने पनि उनको सुझाब थियो ।

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले पनि आफुले चलचित्र ‘काँडेतार हेरेको र यो फिल्म राज्यको लागि कत्ति पनि अहितमा नरहेको जिकिर गरे, सिनेमामा आपत्ति लाग्ने प्रकारको कुनै दृष्य नभएको र राष्ट्रिय भावबाट यो चलचित्र उत्प्रेरित भएकाले यसलाई प्रदर्शनमा सघाउनु पर्ने भनाई शाहीले सो कार्यक्रममा राखे ।

मुलुकको सिनेमा विभिन्न स्थानमा दिन प्रतिदिन छिमेकी मुलुकहरुबाट मिचिँदिै गएको भनाई राख्दै प्राध्यापक सुरेन्द्र केसीले यो फिल्मले उठाएको सिमानामा काँडेतार अभियान सान्दर्भिक भएको बताए । देशको सीमा मिच्दा र राष्ट्रियताको मुद्दा उठाउँदा मौन बसेको सरकार किन यो फिल्मलाई हतोत्साहित गरेको छ भन्नेकुरा जनतालाई राम्ररी थाहा भएको उनले जिकिर गरे । मुलुकमा यस्ता सिनेमाहरु अझ धेरै बन्नु पर्ने र सरकारले यस्ता सिनेमालाई महत्वका साथ सघाउनु पर्ने पनि केसीले कार्यक्रममा बताए ।