Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेयरबजार सुस्तायो

काठमाडौं । नेप्से परिसूचक ०.८७ अंकले घटेको छ। बुधबार नेप्से घटेर २०००.७७ विन्दुमा अडिएको छ। बुधबार कारोबार रकम २ अर्बमा खुम्चिँदा ५१ लाख कित्ता मात्र सेयर बिक्री भएका छन्। नेपाल स्टक एक्सचेन्जका अनुसार ७१ कम्पनीको सेयर बढेको छ भने १७० वटाको घटेको र ७ वटाको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन। आज तीन कम्पनीहरु विशालबजार कम्पनी, बोटलर्स नेपाल बालाजु, बोटलर्स नेपाल तराई, बीपीडब्लु लघुवित्त र चिर्ख्वा हाइड्रोका लगानीकर्ताले कमाएका छन्। यी कम्पनीहरुमध्ये पहिलो तीनवटाको सेयर १० प्रतिशतले र बाँकी २ वटाको क्रमशः ९.९९ र ९.६४ प्रतिशतले सेयर मूल्य बढेको छ। धेरै कम्पनीहरुको सेयर मूल्य घटेको दिन लगानीकर्ताले ६.६६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। सर्वाधिक कारोबारमा भने सोनापुर मिनरल्स पहिलो र हिमालयन रि इन्स्योरेन्स दोस्रो स्थानमा छन्। यी कम्पनीहरुको क्रमशः १२ करोड र ८ करोडको सेयर कारोबार भएको छ। बुधबार ४१ हजार ६ सय ७९ पटक सेयर कारोबार भएको थियो।


सम्बन्धित समाचार

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

आज बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११

ताजा नेपाल