Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । कारोबारको सुरुदेखि नै बजारमा देखिएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो ।
बजार मापन गर्ने सूचक २८.९२ अंकले घटेर परिसूचक ९१३२.४५ बिन्दुमा रोकिएको छ । २७६ कम्पनीको ३७ लाख ६९ हजार ३३ कित्ता सेयर १ अर्ब १५ करोड ९ लाख २० हजार ६०७ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ समूहको उपसूचक १३.४९, विकास बैंक ४४.२५, वित्त १९.३०, होटल ९३.३९, जलविद्युत ५०.३९, जीवन बिमा १५०.५२, माइक्रोफाइनान्स ८९.०१, माइक्रोफाइनान्स ४९.५१, निर्जीबन बिमा १४१.६९ अन्य समूहको उपसूचक २९.४८ अंकले घटेको छ ।
कारोबारमा शुभम पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्री स्टार हाईड्रोपावर, इङवा हाईडोपावरका लगानीकर्ताले कमाएका छन् । कारोबारमा बाराही हाईडोपावर, अप्पर सोलु हाईडो इलेक्टीक कम्पनी, न्यादी हाईडोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ६ करोड १५ लाख ४१ हजार १७५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र शिवम् सिमेन्ट रहेको छ । कारोबारमा २०३ कम्पनीको सेयर मूल्य घटेको छ भने २१ वटाको बढेको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल