Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शेयर बजार आज पनि उच्च अंकले घटेको छ । साताको पहिलो दिन नेप्से ३०.७७ अंकले घटेको हो । १.५६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९३८.२५ अंकमा झरेको छ ।
आज २५९ कम्पनीका ३८ लाख ३२ हजार ४ सय ५६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८ सय ९३.४८ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घट्दा पनि आजैबाट कारोबार खुला भएको सुपर मादी हाइड्रोमा पोजेटिभ सर्किट लागेको हो । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।
त्यसैगरी आज सामलिङ पावर कम्पनीमा नेगेटिभ सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज हिमालयन डिस्टिलरीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८ करोड ४४ लाख १८ हजार ४ सय ५२ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
पछिल्लो समय शेयर बजार लगातार घटिरहेको छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल