Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
२८ असार, काठमाडौं । सेयर बजारमा ४४।९८ अंकको गिरावट आएको छ । आइतबार ३३ अंकले बढेको बजारमा सोमबार उच्च गिरावट आए पनि कारोबार रकममा भने उल्लेख्य सुधार भएको छ । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक घटेर २ हजार ८५४ दशमलव ९८ अंकमा आइपुगेको छ ।
एक दशमलव ५५ प्रतिशतले घटेको बजारमा कारोबार रकम भने ९ अर्ब ९८ करोड पुगेको छ । ‘क’ वर्गको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स सोमबार ८।५८ अंकले ओरालो लागेको छ । सोमबार दोस्रो बजारमा २२९ कम्पनीको दुई करोड ६० लाख २१ हजार १०४ कित्ता सेयर ९२ हजार १९२ पटक कारोबार भएको थियो ।सोमबार समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्यमा ५।२४ प्रतिशतको बढोत्तरी आउँदा लगानीकर्ताले दोस्रो बजारमा सबैभन्दा धेरै कमाए । यस्तै युनियन र खानीखोला हाइड्रोपावर तथा ओरेन्टल होटलका लगानीकर्ताको सम्पत्ति सोमबार पाँच प्रतिशत भन्दा बढीले घट्यो । सोमबार निर्धन उत्थान लघुवित्त, एनआईसी एसिया बैंक, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर र नबिल बैंकको सेयरको उच्च कारोबार भएको थियो । निर्धन उत्थान लघुवित्तको ४९ करोड, एनआईसी एसिया बैंकको ३४ करोड र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर २९ करोडभन्दा बढीको सेयर दोस्रो बजारमा कारोबार भएको थियो ।
२०८३ असार १
ताजा नेपाल
२०८३ असार १
ताजा नेपाल
२०८३ जेष्ठ ३१
ताजा नेपाल