Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ५३ अंकको पहिरो गएको छ । १८१० बिन्दुबाट गत बुधबार २२०० सम्म आइपुगेको बजार आज घटेर २१०० बिन्दु तल आइपुगेको छ।
आज नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ बिन्दुमा झरेको छ। यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १२.२३ अंकले घटेको हो।
सेयर बजार जानकारका अनुसार बजारमा जुन किसिमको वृद्धि देखिएको थियो, त्यसै अनुसारको करेक्सन आज देखिएको हो।
तर ब्रोकर कम्पनीहरु करेक्सनका साथै असार मसान्तका लागि पैसा जोहो गर्न माथिल्लो बिन्दुमा नै सेयर बिक्री गर्नेहरु बढ्दा बजारमा गिरावट आएको जनाउँछन् ।
‘पछिल्लो करिब एक डेढ महिनायता बजार धेरै नै बढिरहेको थियो त्यसैले अलिअलि करेक्सन आएको पनि होला । बुधबार बजार घटेर बन्द भएकाले अब बजार घट्छ भनेर पनि बेचिरहेका छन्,’ एक ब्रोकरले भने,’अर्को प्रमुख कारण भनेको क्लोजिङ पनि हो। असारको तेस्रो साता चलिरहेको छ। त्यसैले माथिल्लो बिन्दुमा नै सेयर बेचेर व्याजको तिर्ने पैसा जोहो गर्ने भन्ने पनि होला। मुख्य यिकै कारणहरुले बजारमा आज यो खालको गिरावट आएको हो।’
आज बजार घट्दा सबैभन्दा धेरै प्रभावित लघुवित्त र जलविद्युत क्षेत्र देखिएका छन्। आज लघुवित्त क्षेत्र ४ प्रतिशतले घटेको छ।
गत मंगलबार सेयर बजार ५६ अंकले बढेको थियो। उक्त दिन ३ दर्जन भन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुको सेयर मूल्य बढेको थियो। तसर्थ आज बजार घट्दा पनि लघुवित्त क्षेत्र अन्य क्षेत्र भन्दा बढी प्रभावित देखिएको हो। आज कारोबारमा आएका लघुवित्तहरु मध्ये ५७ वटाको सेयर मूल्य घटेको छ।
जलविद्युत क्षेत्र ३.१५ प्रतिशतले घटेको छ। कारोबारमा आएकामध्ये यस क्षेत्रका ७० वटा कम्पनीको सेयर मूल्य घटेको छ।
आज दिनभरको कारोबार अवधिमा ५ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ। कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ। कम्पनीको ४२ करोड ५५ लाख बराबरको सेयर कारोबार भएको हो।
यस्तै शिवम् सिमेन्टको पनि २७ करोड माथिको सेयर किनबेच भएको छ।
बजारमा यतिधेरै घटिरहँदा पनि बिपिडब्लू लघुवित्त र सिटी होटलको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १२८ रुपैयाँले बढेको हो भने सिट होटलको ४२ रुपैयाँले बढेको हो।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल