Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्थायी कमिटी बैठक रोक्न माधवका कुन कुन नेता पुगे ?

काठमाडौँ । नेकपा एमाले विभाजनको डिलमा पुगेको छ । पार्टी एक भए पनि एउटा खेमा सत्तामा छ भने अर्को खेमा प्रतिपक्षमा रहेको छ । नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेका बेला वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्ष नेता रोक्न आग्रह गर्दै बैठकस्थल पुगेर निष्किएका छन् । शुक्रबार करिब १२ बजेदेखि संस्थापन पक्षको स्थायी कमिटी बैठक च्यासलमा जारी छ । बैठक चलिरहेका बेला नेपालपक्षबाट कार्यदलमा रहेका नेताहरु पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका थिए । नेपालपक्षका नेता भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य बैठक स्थल पुगेका थिए । नेता रावलले बैठक रोक्न आग्रह गरेको जानकारी दिए । तर, अध्यक्ष ओलीले बैठक जारी रहने बताएपछि नेपालपक्षका नेताहरु बैठकस्थलबाट बाहिरिएका छन् । बैठक रोक्न आग्रह गरे पनि अध्यक्ष ओलीले नमानेपछि आफूहरू निस्किएको नेता रावलले बताए । ुदुई नेताबीच कुराकानी गर्ने र कार्यदलको सहमति अुनसार जाऔं । पार्टीको एकताका लागि हामी प्रतिबद्ध छौं । हामीबाट सहयोग रहन्छ । सबैभन्दा बढी पार्टी अध्यक्षले सोच्नपर्यो, त्यसपछि वरिष्ठ नेताले सोच्नपर्यो भनेर हामीले आग्रह गर्यौं । तर पार्टी अध्यक्षले धेरै केही भन्नु भएन । यो बैठक जारी रहन्छ । यसका कार्यसूचि अगाडि बढाउनुस् भन्नुभयो । त्यसपछि यिनै कुरामा बैठक अगाडि बढ्ने हो भने हाम्रो सहभागिता छैन । हामी हिड्यौं भनेर निस्कियौं,ु नेता रावलले भने ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल