Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्पेन काण्डबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति

काठमाडौँ । स्पेनको सेभिल्लामा भएको संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नक्कली कागजपत्रको प्रयोग गरेर उता पुगेर नफर्किएका र भिसा रद्द भएकाहरूबारे छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एसएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। ब्युरोले मानव बेचबिखन ब्युरोको प्रतिनिधि समेत रहने गरी सिआइबीका एसएसपी होविन्द्र बोगटीको नेतृत्वमा समिति गठन गरेको हो। समितिमा ६ जना रहेका छन्। स्पेनमा भएको कार्यक्रममा गैर सरकारी संस्थाको प्रतिनिधि बन्दै नक्कली कागजपत्रको आधारमा जान लागेका ५५ जनाको भिसा लागेपछि पनि रद्द भएको, ९ जनालाई दिल्लीको विमानस्थलबाट फर्काइएको र उता पुगेकामध्ये १० जना उतै बसेकोबारे समाचार प्रकाशित भएका थिए । स्रोतका अनुसार उतै बसेकामध्ये केही शिक्षासहित केही व्यक्ति नेपाल फर्किएका छन्। उकेराको सम्पर्कमा आएकी शिक्षाले आफू १५ दिनको भिसामा गएको र तीन दिन अगाडि नेपाल फर्किएको दाबी गरिन्। उनले कुन संस्थाबाट, के हैसियतमा गएको भन्ने खुलाइनन्। व्युरोस्रोतका अनुसार स्पेनको कार्यक्रममा गैर सरकारी संस्थाको प्रतिनिधि बनेर गएका र जाने प्रयास गरेकाहरूले दूतावासमा बुझाएको कागजपत्रहरू दिल्लीमा रहेको स्पेनको दूतावाससँग मागेर अनुसन्धान गर्ने तयारी गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली सरकारी प्रतिनिधि मण्डलको प्रतिनिधित्व गरेको कार्यक्रममा असम्बन्धित व्यक्तिहरूलाई मानव तस्करीमा संलग्न समूहले नक्कली कागजपत्र बनाएर १५ लाखसम्म असुलेर पठाएको सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकले यसबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका थिए। उनले सोमबार दिएको निर्देशन अनुसार मंगलबार समिति गठन भएको हो। स्पेनको सेभिल्लामा ३० जुनदेखि २ जुलाईसम्म सम्मेलन भएको थियो।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल