Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्याङ्जामा एकै घरमा ९ जनाको मृत्यु हुँदा एक जनाको जिवितै उद्धार

काठमाडौं । लगातारको वर्षासँगै स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले पुरिएर एकै घरमा ९ जनाको मृत्यु भएको छ । घट्नास्थलबाट १६ वर्षीया मनिषा नेपालीको जिवित उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताएका छन् । मनिषालाई थप उपचारका लागी गाण्डकी मेडिकल कलेज पोखरातर्फ पठाइएको छ । पहिराले पुरेको स्थानिय माया नेपालीको घरबाट सुरक्षाकर्मी र स्थानीयले ९ जनाको शव निकालेका छन् । पहिरोले पुरिएर २७ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षिया स्यानी नेपाली र ९ वर्षीय बालक विवश नेपाली, १४ वर्षीय विक्रम भनिने शिशिर नेपाली र १९ वर्षीया विनिता नेपाली, २२ वर्षीय कुलदीप नेपाली र ५ महिनाको बच्चा कबिर नेपालीको मृत्यु भएको छ । बिहान साढे ५ बजे खसेको पहिरोले एकै घरका १० जनालाई पुरेको स्याङ्जाका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेन्द्र प्रसाद अधिकारीले बताएका छन् । १० जनामध्ये ९ जना एकै परिवारको सदस्य र एक जना पाहुना रहेको स्थानीयले जानकारी दिएका छन् ।


सम्बन्धित समाचार