Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्वास्थ्यकर्मीको कोभिड जोखिम भत्ता कसले खायो ?

काभ्रे। कोरोना कहरका बेला अग्र मोर्चामा खटिएका स्वाथ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको निवर्तमान सरकारले निर्णय मात्रै गर्यो कार्यान्वयन गरेन । त्यसपछि गठन भएको सरकारका अर्थमन्त्री जनार्दन शर्माले तत्काल जोखिम भत्ता वितरणको व्यवस्था मिलाए पनि केही स्वास्थ्यकर्मीले अझै जोखिम भत्ता पाउन सकेका छैनन् । धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले कोभिड महामारीको दोस्रो चरण सकिन लाग्दा समेत जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन् । धुलिखेलबाहेक केही स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले समेत जोखिम भत्ता प्राप्त गर्न नसकेको पाइएको छ । दुई चरणकै संक्रमणमा जोखिम भत्ता प्राप्त गर्न नसकेका स्वास्थ्यकर्मी कर्मचारीले तेस्रो चरणको संक्रमण आयो भने कसरी कार्य क्षेत्रमा खटिन सक्लान् चिन्ताको विषय बन्न थालेको स्वास्थ्यकर्मीले बताएका छन् । पहिलो चरणको कोभिडको समयमा धुलिखेल अस्पतालमा कोभिड अवधिमा अधिकृत तहभन्दा माथिल्लो पदमा रहेर काम गर्ने चिकित्सक तथा कर्मचारीको २५ प्रतिशत तलब कटौती गरिएको थियो भने अधिकृत तहभन्दा तल्लो तहमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको हकमा १० प्रतिशत तलब कटौती गरिएको थियो ।
यो वर्ष तलब कटौती नगरिए पनि स्रोत अभावका कारण मासिक भुक्तानी हुने पारिश्रमिक दुई साता पर धकेलिन थालेको छ । तर पनि स्वास्थ्यकर्मी कर्मचारीले अझै कोभिडबापत सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन् । कोभिड हुँदा प्राप्त हुने बिमाबापतको रकम दुई वर्ष बितिसक्दा पनि प्राप्त हुन नसकेको स्वास्थ्यकर्मीले बताएका छन्। करिव ७ सय १७ जनाले विभिन्न मितिमा कोभिडमा काम गरेको जोखिम भत्ता उपलब्ध गराउन बाँकी रहेको बताइएको छ ।