Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । स्वास्थ्यका केही उच्च अधिकारीको सरुवा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही विभाग र अस्पताल प्रमुखमा जिम्मेवारी हेरफेर गरेको हो। मन्त्रालयले आयुर्वेद विभागको निर्देशकमा डा प्रदीप केसीलाई सरुवा गरेको छ। यसअघिका निर्देशकको लुम्बिनी प्रदेश अन्तरगत सरुवा भएपछि केसीलाई विभागको जिम्मेवारी दिइएको हो। यसैगरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा यदुचन्द्र घिमिरेको सरुवा भएको छ। मन्त्रालयले भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा कृष्ण प्रसाद पौडेललाई दिएको छ। भरतपुर अस्पतालमा यसअघि डा श्रीराम तिवारी प्रमुख थिए।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल