Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काम गर्नेले ठाउँ खोज्छ, ठाउँ पाएपछि सुधारका उपाय खोज्छ धेर थोर प्रतिफल तत्काल पाउँछ । परिणाममुखी योजना बनाएर जनतालाई सेवा दिन्छ । काम गर्नेले मन्त्रालयको जिम्मेवारी लिनासाथ सेवा दिन्छ । काम नगर्नेले मन्त्रालयको जिम्मेवारी लिनासाथ काँग्रेसका कटने काजी जस्तो माफिया विशाल पण्डित खोज्दैन । काम गरिरहेका वीर अस्पतालका कर्मचारी र निर्देशक हटाउँदै आफ्नो भ्रष्टाचारी स्वाभावसँग मिल्ने डाक्टरको प्रमाणपत्र लिएका भ्रष्ट खोज्दथे । तर काँग्रेसकै युवा नेता प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रलाई जनमुखी बनाउने योजना बनाएका छन् । स्वास्थ्यमन्त्री पौडेलले देशभरका सरकारी अस्पतालका बिग्रेका स्वास्थ्य उपकरण मर्मत भन्दा थन्क्याएर नयाँ उपकरण खरिद गर्ने र कमिशन हजम गर्ने प्रवृत्ति रोक्दै सरकारबाट हेपिएको राष्ट्रिय आविष्कार केन्द्रलाई सम्मानपूर्वक कामको जिम्मेवारी दिएका छन् । त्यही ठाउँमा कटने काजी मोहन बस्नेतले एक वर्ष शासन गरे । उनको ध्यान कमिशन र भ्रष्टाचारमा केन्द्रीत थियो । वीर अस्पतालका सेवा विस्तारमा अवरोध काम गरिरहेका चिकित्सक, नर्स, स्टाफ नर्सको करार अवधि रोकेर पेशाकर्मी भन्दा काँग्रेस खोज्दै देशका गरिब जनताको उपचार गर्ने थलो वीर अस्पतालको व्यवस्थापन भत्काएका थिए । तर युवा नेता प्रदीप पौडेलले मोहन बस्नेत जस्तो डनगिरी देखाएनन् । मोहनको हैकमले डाक्टर आतंकित थिए । वीर अस्पतालले पुराना मेशिन मर्मत गर्ने भन्दा नयाँ किन्ने अवस्था थियो । देशभरका अस्पतालका उपकरण खरिद गर्दा मन्त्री मातहतको व्यवस्थापन विभाग मार्फत् गर्नु पर्ने स्टोरको औषधि लैजाने अस्पतालहरूले कमिशन बुझाउनु पर्ने व्यवस्था गरेका थिए । राजनीतिमा लठैतका रुपमा रहेका मोहनको आतंकले डाक्टर, नर्स, स्वास्थ्यकर्मी पीडित थिए । स्वास्थ्य बीमा कार्यक्रमलाई चासो नदिएका मोहन बस्नेत जस्ता लठैतलाई स्वास्थ्यमन्त्री बनाउनु बुढानिलकण्ठकी कुलदेवीकै गल्ती थियो । किनकि बस्नेत राणाका ज्वाई साँब न परे । तर यस पटक त्यही काँग्रेसले स्वास्थ्य मन्त्रालय हाक्न सुझबुझ भएका युवा नेता प्रदीप पौडेललाई सुम्पियो । मन्त्री पौडेल सबै अस्पतालको निरीक्षण गर्न भ्याएका छैनन् । तर उनले कहाँ कति उपकरण बिग्रेका छन् त्यसको रेकर्ड लिएर मर्मत गर्न मिल्ने मर्मत गर्न मर्मत नहुनेलाई लिलाम बिक्री गरेर अस्पताल क्षेत्रको भद्रगोल हटाउने योजना बनाएर सरकारबाट हेपिएको राष्ट्रिय आविष्कार केन्द्रलाई मर्मतको जिम्मेवारी दिलाएका छन्, स्वास्थ्यमन्त्री पौडेलले स्थानीय तह प्रदेश र संघ अन्तर्गतका स्वास्थ्यकर्मी, डाक्टर, नर्स, अहेब, ल्याब टेक्निसियनहरूलाई सहज हुने वातावरण सिर्जना गराए । राष्ट्रिय बीमा कार्यक्रम लागू भएका अस्पतालहरूले बीमा भुक्तानी नपाएर बिरामीको उपचार गर्न छाडेका बेला प्रदीपले त्यो योजना सुचारु गर्न रोकिएको बीमा रकम दिलाएका छन् । यो समस्या मोहन बस्नेतको समयमा चर्को थियो । तर उनको ध्यान व्यवस्थापन तर्फ भन्दा कमिशन बुझाउने काँग्रेस र भ्रष्टहरू खोज्ने थियो । वीर अस्पतालका चलिरहेका सेवा बन्द गर्न मोहन सफल भए । करारका स्वास्थ्यकर्मीले धानेको इमर्जेन्सी सेवा ठप्प पार्न पुगे । दलाल, व्यापारी, तस्कर र मुर्खलाई मन्त्री बनाउँदा जनताले पाइरहेका सेवा बन्द हुँदा पनि बुढानिलकण्ठकी कुलदेवीको दया भएन ।
अस्पतालमा दरबन्दी छ, डाक्टर छैनको स्थिति अब हट्ने कुरा स्थानीय तह, संघ र प्रदेशको जिम्मेवारी लिएकाहरूसँगको मन्त्रीको परामर्शले स्पष्ट पार्दछ । जनतासँग जोडिएका कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी रोजगार सम्बन्ध मन्त्रालयमा विवेकशील मन्त्री पुग्नु पर्दछ भन्ने कुरा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको तयारी र कार्ययोजनाले पुष्टि गर्दछ । त्यही स्वास्थ्यको औषधि खरिद वितरण कति भद्रगोल छ । दाताले दिएको औषधि र स्वास्थ्य उपकरण समयमा वितरण नगरेर सडाउने काम भएको छ । वीर अस्पतालका एमआरआई मेशिन सशस्त्र प्रहरी अस्पताल परिसरमा वर्षौदेखि अलपत्र छ भन्ने कुरा मन्त्री पौडेलले बुझ्नुपर्छ । उपत्यकाभित्र वीर अस्पताल, कान्ति बाल अस्पताल, प्रसुती गृह, पाटन अस्पताल, मानसिक अस्पताल, सरुवा रोग अस्पताल टेकु, गंगालाल हृदय रोग केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, राष्ट्रिय क्षयरोग केन्द्र ठिमी, सेना, प्रहरी र सशस्त्रका अस्पताल निजामती अस्पताल क्षेत्रको अवलोकन गर्ने हो भने स्वास्थ्यमन्त्रीले मन्त्रालयको लपरबाही छर्लङ्ग देख्न सक्छन् । स्वास्थ्यमा रंगी विरंगी मन्त्री आए । तिनको कार्यक्षमता र शैली जनताले देखे । कसैको धन्दा कसरी हुन्छ घुस संकलन गर्ने भन्नेमै थियो । राज्यले खर्च गरेको औषधि गोदाममा सडाउने जनतालाई वितरण नगर्ने चरित्र र प्रवृत्तिले स्वास्थ्य मन्त्रालय बदनाम छ । कम्युनिष्ट नाउका कलंक गिरिराजमणिहरूदेखि पद्मा अर्याल, भानुभक्त ढकाल जस्ता निर्घिणीहरूले पनि स्वास्थ्य मन्त्रालय चलाएकै थिए । दीनानाथ शर्मा जस्ता महाभ्रष्टले शिक्षा मन्त्री पाए । घनश्याम भुसाल जस्ताले कृषि मन्त्री, ईश्वर पोखरेल जस्ताले उद्योग, बाणिज्य तथा आपूर्ति र पछिल्लो पटक रक्षा मन्त्री पाएका थिए । यी सबै विभागीय मन्त्रालयमा असफल भएका पात्र हुन् । काँग्रेसका मोहन बस्नेत, डा प्रकाशशरण महतजस्ता पात्र र प्रवृत्तिसँग अहिले प्रदीप पौडेलको कार्य क्षमता र कामको शुरुवात तुलना हुँदैन । पौडेलले त्यो पद कति समय पाउँछन् छुट्टै कुरा । तर उनले जति समय स्वास्थ्यमन्त्री बन्न पाउँछन् त्यो समय निष्ठा, त्याग र इमान्दारितापूर्वक शुरु गरेका काम दबाव र हस्तक्षेप रहित गर्न दिए विशाल पण्डित जस्ता माफियाबाट बचे भने उनी सफल मन्त्री बन्ने छन् । डा. गोविन्द केसी जस्ता धुन्धकारीको पछि लाग्नु हुन्न । मेडिकल शिक्षा सञ्चालनको सम्बन्धन पाउनेले पाएका छैनन् । यिनकै कारण नेपालको नर्सिङ शिक्षा ध्वस्त छ । सिटिइभिटीको नर्सिङ कक्षा यिनै डा. केसीले बन्द गर्दा भारतीय सीमामा एक दर्जन नर्सिङ कलेज खुलेका छन् । नेपाली विद्यार्थी उतै धाएका छन् । एक्सरे, सिटी स्क्यान, एमआरआई जस्ता मेशिन सरकारी खर्चमा कति सकिन्छ निजी मेडिकल कलेजले कति खर्च गर्छन् डा. सुनिल शर्मा, दुर्गा प्रसाईसँग बुझ्दा हुन्छ । काँग्रेसका अहिलेका मन्त्रीमा सफल हुने प्रदीप पौडेल हुन् । ऊर्जामन्त्री दीपक खड्का आफैं स्काउटको जमिन र भवन भाडामा लिएर भाडा नतिर्ने लुटाहा नै हुन् । प्रम केपी ओलीले रोजेर मन्त्री बनाएका भौतिक पूर्वाधार, उद्योग बाणिज्य तथा आपूर्ति, शिक्षा, सञ्चारबाट अपेक्षा गर्न सक्ने अवस्था छैन । प्रमको हस्तक्षेप कस्तो छ त्रिविविले आफ्ना योजना कार्यान्वयन गर्न नपाउने र गुण्डाराज चम्कनुले छर्लङ्ग पार्छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल