Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हतियारसहित आएका भारतीयमाथि सशस्त्रले गर्यो प्रतिकार ४ राउन्ड हवाई फायर २ प्रहरी घाइते

विराटनगर । भारतीय शासकहरु मात्र नागरिक समेत नेपालमाथि हेपाह शैलीमा प्रस्तुत भइरहेका बेला नेपालले सीमा सुरक्षा बढाएपछि सबैतिर खैलाबैला मच्चिएको छ । सीमा सुरक्षा बढाउन सशस्त्र प्रहरीले बीओपी थप गरी सीमानामा कडाई गर्न थालेपछि भारतीय तस्कर समूहहरु तिलमिलाउन थालेका हुन् । तस्करहरु केही दिनयता सुरक्षा फौजविरुद्ध घ झापाको गौरीगञ्ज गाउँपालिकासँग सीमा जोडिएको नेपाल–भारत सीमावर्ती क्षेत्रमा झडप भएको छ । गौरीगञ्ज गाउँपालिका–५ मलाहका टोल नजिकैको सीमा क्षेत्रमा शनिबार राति साढे ९ बजे प्रहरी र भारतीय नागरिकको एक समूहबीच झडप भएको हो । सीमावर्ती भारतीय गाउँबाट घरेलु हतियारसहित आएको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई नियन्त्रणमा लिन ४ राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार सीमा स्तम्भ १५२ नजिकै घटना भएको थियो । भारतीय पक्षको आक्रमणबाट दुई सशस्त्र प्रहरी जवान सामान्य घाइते भएका छन् । समावर्ती क्षेत्रमा रहेको मलाह टोलका भारतीय नागरिकले सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको बताइएको छ । सो टोलबाट नेपालतर्फ सामान तस्करी हुँदै आएको थियो । लकडाउनसँगै प्रहरीले नाकामा कडाई गरेपछि तस्करको समूह योजनावद्ध रुपमा आक्रमणका लागि आएको प्रहरीले बताएको छ । सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुका अनुसार घटनामा सशस्त्र प्रहरी जवान सामान्य घाइते छन् । घटनापछि भारतीय पक्षसँग छलफलको तयारी भइरहेको उनले बताए । शुक्रबार र बिहीबार राति पनि सुनसरीको सीमावर्ती क्षेत्रमा फायर भएको थियो ।