Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हत्तार गर्दा सबैतिर तनाब

काठमाण्डौ । यसपटक संसद रोकेर दल फुटाईयो । अरुलाई प्रहार गर्छु भन्दा आफै संकटमा पर्दा अध्यादेशको कल्पना गर्ने र राष्ट्रपति समक्ष सिफारिस गर्ने केपी ओलीमाथि संकट पर्याे । ओलीको अहंकारले ६ प्रदेशमा कम्युनिष्टको सरकार ढल्यो । संघिय सरकार स्पष्ट बहुमत थियो । आफ्नो पद र स्वार्थ पूरा गर्न ओलीले जस्तो सुकै निर्णय पनि गराए । प्रधानमन्त्री भएको ४१ महिना सम्म ओलीको हैकम भित्र नयाँ योजना पनि आएनन् । प्रोजेक्ट पूरा पनि भएनन् । किनकी भूकम्प र बाढी पहिरोले ग्रस्त जनजीवनलाई सुधार्ने काम ७३ बाट शुरु भएका थिए । रानीपोखरी बन्नु, दरबार हाइस्कूल निर्माण हुनु ओली सरकारको योगदान थिएन ।
पूर्व पश्चिम रेल, पानी जाहाज, ग्याँस पाईप जस्ता उडन्ते योजना होस् वा अस्पताल निर्माणको घोषणा डिपीआर बिना प्रचार भयो । बालुवाटारबाट स्वीच थिचेर शुरु भएका योजनार्लाइ बजेट कति हो ? ओली र उनको टिमलाई थाहा थिएन । ओलीले उद्घाटन गरेको धरहरा सम्पन्न हुन अझै एक वर्ष लाग्ने बताइन्छ । तामाकोशी जलविद्युत आयोजना उद्घाटन भएको ३ महिनापछि पनि पूर्णता पाएको छैन । मेलम्चीलाई प्राविधिक परिक्षण नगरी पानी टनेलमा राखीयो ।
अहिले दल विभाजनको अध्यादेशले सबैलाई सताएको छ । सरकारले संसदको चालु अधिवेशनमा विवादस्पद एमसीसी विधेयक ल्याउने हल्ला छ । तर सरकारमा सहभागि दलहरु एमसीसीको विरोधमा छन् । सरकारको तर्फबाट एमसीसीमा समावेश कतिपय बुँदा शंकास्पद भएकाले स्पष्ट पार्न पत्राचार हुनुले पनि दलहरु ५४ अर्बको सो प्रोजेक्टप्रति कति लाचार छन् भन्ने देखाउँछ । देशमा खर्बको हाराहारीमा राजस्व उठाउनु छ । नीतिगत भ्रष्टाचार छ । ४६ अर्बभन्दा बढी बेरुजू पनि छ । सरकार चलाउने नेतृत्व गर्ने कुनै दललाई आर्थिक सुधारको चासो छैन । ओली सत्ताको ४१ महिना देशले काँचुली त फेर्याे तर लुटतन्त्रको ?
अहिले ओलीलाई आँफू सरकारमा रहँदा भएका भ्रष्टाचारको चासो छैन । उनले धरातल बुझेकै छैनन् । ओलीले नै अध्यादेश ल्याए । तर पार्टी भित्रकै दबाबले त्यो सफल भएन । पछिल्लो पटक ओलीले शुरु गरेको अध्यादेशको काम त भयो । पार्टी एमाले र जसपा फुटे संकट त्यही अध्यादेश यथावत रहँदा सबैदलमा पर्देछ । संसदको जारी अधिवेशनमा अध्यादेशको बजेट सुधार गर्ने, विवादास्पद एमसीसी स्वीकार्ने मात्र कि नेपालको सार्वभौम अखण्डताको रक्षा गर्ने तर्फ को कति कसरी लाग्छन् भन्ने कसरत यति बेला हुदैछ । एमसीसीको पक्षधर ओली समूहले हिजो रुचाएको विषय अब विरोध गर्दैछ । यो नाटक धेरै दिन चल्न सक्दैन ।