Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हत्या अभियोगमा दास पक्राउ

रौतहट । छिमेकीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा कटहरिया नगरपालिका(१ भसेडवा बस्ने २५ वर्षीय राधेश्याम दासलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
आफ्नो घरमा प्रवेश गरेको बिषयमा राधेश्याम दासले छिमेकी २५ वर्षीय संदिप यादवलाई कुटपिट गर्दा गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटहरिया र अस्थायी प्रहरी पोष्ट छेदी चोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर गाइते भएका संदिप यादवको ईण्डो अस्पताल वीरगंज पर्सामा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार