Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हत्या अभियोगमा धनमाया पक्राउ

धनकुटा । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा छथरजोरपाटी गाउँपालिका-४ पानी ट्याङ्की बस्ने ३७ वर्षीया धन माया लिम्बुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
धन मायाका श्रीमान ४७ वर्षीय ईन्द्र बहादुर लिम्बु सोमबार बिहान मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी सिधुवाबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा घरायसी विवादको कारण धन मायाले काठ लगायत घरेलु हरियार प्रहार गर्दा ईन्द्र बहादुरको मृत्यु भएको खुल्न आएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार