Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महरा त के, नाम आए मलाई पनि हत्कडी लगाए हुन्छ : प्रचण्ड

२९ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानको क्रममा नाम जोडिएर आए आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने बताएका छन् ।

सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले नाम जोडिए आफैंलाई हत्कडी लगाएर थुने हुन्छ भनेको बताएका हुन् ।

महराजीको र उहाँका परिवारका सदस्यहरूको बारेमा मिडियामा आइरहेकै छ, सरकारले कारबाही गर्न भनेको छ प्रचण्डको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य युवराज चौलागाईंले भने, खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ भनेको छु ।

भेपमा लुकाएर ९ किलो सुन ल्याएको आरोपमा पक्राउ परेका चिनियाँ व्यापारीसँग माओवादी नेता कृष्णबहादुर महरा र उनका छोराहरुको पटक पटक टेलिफोन सम्पर्क देखिएको सीआईबीले जनाएको थियो ।

प्रचण्डले सम्बोधनको क्रममा आफ्नो पार्टी,आफ्नो परिवारको भनेर कसैलाई पनि नछाडिने बताए । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा नपरेको जिकिर गरे । भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने कुरा विल्कुल सही होइन उनले भने,सरकार विल्कुल ठिक ठाउँमा छ,सुरक्षित छ ।

 


सम्बन्धित समाचार