Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । गत सोमबार बंगलादेशबाट भारत शरण लिन पुगेकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिई भारत गएको खुलेको छ । यो कुरा हसिनाका छोरा सजिव वाजेथ रोयले खुलासा गरेका हुन् । बेलायती समाचार एजेन्सी रोयटर्ससँग बोल्दै सजिवले यस्तो खुलासा गरेको बंगलादेशी अखबार डेली स्टारले उल्लेख गरेको छ । १७ करोड जनसंख्या भएको बंगलादेशमा लगालगत १५ वर्ष सत्ता चलाएकी हसिना ३०० जनाको ज्यान गएको आन्दोलन उग्र भएपछि भारत शरणमा पुगेकी थिइन् । यसरी भारतमा जाँदा राजीनामा पनि नदिएको सजिवले खुलाएका छन् । उनले राजीनामा नदिएको कारणले संविधान अनुसार हसिनानै प्रधानमनत्री भएको दाबी गदै अमेरिकाको राजधानी वासिङटन डिसीबाट भनेका छन्, उहाँले वक्तव्य दिएर राजीनामा दिने योजना बनाउनु भएको थियो । तर, त्यति नै बेला प्रधानमन्त्री निवासतर्फ प्रदर्शनकारीहरुको मार्च भयो । र त्यसपछि कुनै समय नै भएन । राम्रोसँग थन्कोमुन्को नै गर्न नपाइ आमाले छोड्नु पर्यो । जहाँसम्म संविधानको कुरा छ, उहाँ अहिलेसम्म बंगलादेशको प्रधानमन्त्री नै हो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल