Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि २५ गतेसम्म निष्काशन खुला गरेको आईपीओ मंगलबार बिहान बाँडफाँट हुने भएको छ ।
उक्त कम्पनीको आईपीओ बिहान ९ बजे बाँडफाँटको तयारी गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीको आईपीओमा १३ लाख २४ हजार ४ सय ११ जनाले एक अर्ब ५६ करोड २८ लाख ४६ हजार रुपियाँ बराबरको ३ करोड १२ लाख ५६ हजार ९ सय २० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपियाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपियाँ बराबरको २९ लाख २५ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता ५० रुपियाँका दरले आईपीओ निष्काशन खुला गरेको थियो ।
कूल निष्काशन मध्ये ५८ हजार ५ सय कित्ता कर्मचारीहरुका लागि, १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई र २ लाख ९२ हजार ५ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिसकिएको छ ।
बाँकी २४ लाख २७ हजार ७ सय ५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । इच्छुक लगानीकर्ताहरुले न्यूनतम २० कित्तादेखि १ लाख कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था थियो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल