Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले यही असार ३२ गतेदेखि थप सार्वजनिक एफपीओ निष्कासन गर्ने भएको छ। बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार रकमबराबर प्रतिकित्ता रु। १०० अंकित दरमा रु।५७ प्रिमियम थप गरी जम्मा रु १५७ दरका ९२ लाख ५० हजार ४६९कित्ता एफपीओ जारी गर्न लागेको हो । बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँको ७२.९९ प्रतिशले हुन आउने संस्थापक समूहको १५ अर्ब ८० करोड ७१ लाख ६३ हजार ७४९ र २७.०१ प्रतिशले हुन आउने सर्वसाधारण समूहको ५ अर्ब ८४ करोड ९४ लाख ५१ हजार ८८१ रकमबराबरको सेयर कायम रहेको हुनाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा एफपीओ जारी गर्न लागिएको बैंकले जनाएको छ । एफपीओ निष्कासनका लागि केयर रेटिङ नेपालले बैंकलाई केयर–एनपी त्रिपल बी आईएसरेटिङ प्रदान गरेको छ। जसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । एफपीओको निष्कासन बन्द छिटोमा साउन ४ गते र ढिलोमा साउन १४ गते बैंकिङ समयपछि हुनेछ । लगानीकर्ताले एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा सिटिजन्स क्यापिटल मार्केट लिमिटेड रहेको छ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल