Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हेलिकप्टरको आश्वासन दिएर गाडीमा सरर !

मकवानपूर । भुटनदेवी माविमा बिहीबार राष्ट्रियसभा सदस्यका लागि मतदान सुरु भइसक्दा पनि एमाले प्रदेशसभा सांसद बेलीमाया घले काठमाडौं मै थिइन् । उनी बिरामी भएको भन्दै भोट हाल्न नगई बसेकी थिइन् । रामबहादुर थापा बादललाई भोट हाल्ने निर्णय गरिसकेको राप्रपाकी सांसद रिता माझी पनि आज बिहानसम्म काठमाडौं मै थिइन् । साथमा दुई महिनाकी सुत्केरी भएकाले भोट हाल्न हेटौडा जान नसक्ने भन्दै रिता काठमाडौंमै रोकिएकी हुन् । बेलीमाया र रिता दुबैको भोट रामबहादुर थापा बादलको पक्षमा खस्नुपर्ने थियो ।

भोट हाल्न जान नसकेकी रितालाई बिहानै खबर आयो – तपाईलाई हेटौंडासम्म लैजान हेलिकोप्टरको व्यवस्था गरिएको छ, एयरपोर्टसम्म आउनुपयो । त्यसैगरी एमाले सांसद घलेलाई पनि हेलिकोप्टरबाट हेटौंडा लैजाने भन्दै प्रहरी प्रधान कार्यालयको गाडीमा हालेर त्रिभुवन विमानस्थल पुर्याइयो । त्यहाँ प्रभु हेलिकोप्टर तयारी हालतमा राखिएको प्रहरीले सांसदलाई बतायो । तर, केहीबेरपछि खराब मौसमका कारण हेलिकोप्टर उड्न नसकेको जानकारी गराइयो र विमानस्थलबाट बेलिमाया बाहिरिइन् । अन्ततः आफू एमालेका केही सांसदसँग गाडी चढेर हेटौंडा प्रस्थान गरेको राप्रपा सांसद रिता माझीले आफ्नो पार्टीका नेताहरुलाई रिपोर्टिङ गरेकी थिइन् ।

उनलाई यो मौकामा हेलिकप्टर चढ्ने रहर नहुने कुरै भएन । किनकी उनको पहुँच हेलिकप्टर चढ्ने अवस्था थिएन । यसबारे बुझ्दा राप्रपाका नेता मोहन श्रेष्ठले ताजानेपाललाई भने, हेलिकोप्टरको व्यवस्था छ भन्ने खबर आए पनि गाडीकै बाटोबाट हेटौंडा गएको उहाँले जानकारी दिए ।