Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार प्रति तोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार ९ सय रुपैयाँले बढेर प्रति तोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो। मंगलबार सुन प्रति तोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८५ हजार ३ सय ५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७९ रुपैयाँ कायम भएको छ ।