Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१०० बढी संक्रमित देखिएका सहरमा कडाइ

काठमाडौं । फेरि कोरोना भाइरले आतंक मच्चाउने छाँटकाट ल्याएपछि स्वास्थ्य मापदण्डमा कडाई गरिएको छ । कोरोना भाइरस संक्रमण बढेपछि नियन्त्रणका लागि सरकारले व्यवसाय तथा आवागमनमा कडाइ गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दो जनस्वास्थ्यका मापदण्डको उल्लघंन र संक्रमण तथा बेलायत भेरियन्ट बढेको भन्दै संक्रमण रोक्न स्वास्थ्य मापदण्ड, आवागमन लगायतका सम्बन्धमा विभिन्न १० निर्णय गरेको छ । स्वास्थय मन्त्रालयले संक्रमणको अवस्था हेरी ठुला सहरहरुमा ५०० भन्दा बढि र साना सहरहरुमा १०० भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनलाई कडाइ गर्न स्थानिय प्रशासनलाई आग्रह गरेको छ ।
ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर,पोखरा, चितवन लगायतका सहरहरुमा संक्रमण बढेको छ । साथै काठमाडौं, पोखरा लगायतका ठुला सहरहरूमा बिद्यालय जाने उमेर समूहमा संक्रमण बढेकाले शैक्षिक संस्थाहरुमा उच्च शतर्कता अपनाउन आग्रह गर्दै मन्त्रालयले जोखिम बढेका ठुला सहरहरुमा सार्बजनिक यातायातमा यात्रा गर्ने वा भिडभाड कम गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।
यसैगरी मन्त्रालयले बढी भिडभाड र जोखिम बढ्न सक्ने स्थानहरु जस्तै शपिंगमल, नाचघर, सिनेमाहल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिंग पुल लगायतका क्षेत्र, मन्दिर लगायत धार्मिक स्थानहरुमा जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गराइ सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएको छ । बिदेशबाट फर्केपछि घरमा क्वारेन्टाइनमा रहेका र संक्रमित भएर घरमै आइसोलेसनमा रहेकाले तोकिएका मापदण्डहरु पालना गर्न प्रेरित गर्ने र आवश्यक निगरानीलाई व्यवस्थित र कडाइ गर्न स्थानीय तह र स्थानीय प्रशासनलाई मन्त्रालयले अनुरोध गरेको छ । कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा केस इन्भेष्टिगेसनका लागि एन्टिजेन तथा आवश्यकता अनुसार पीसीआर परीक्षण बढाउन पनि मन्त्रालयले स्थानिय निकायलाई अनुरोध गरेको छ । मन्त्रालयले घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गराउने र नगरेको पाइए संक्रामक रोग ऐन अनुसार कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई भनेको छ ।