Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१० केजी गाँजा बरामद

पर्सा । पकहामैनपुर गाउँपालिका-१ धोरेस्थित खुल्ला चौर नजिकै थुपारेको परालभित्र राखेको बोराबाट १० केजी अवैध लागूऔषध गाँजा बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।
उक्त चौरमा लकडाउनको समयमा मानिसहरु क्रिकेट खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धोरेबाट खटिएको प्रहरीले ती मानिसहरुलाई नियन्त्रणमा लिने क्रममा बोराभित्र लुकाई राखेको उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार