Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१० दिनका लागि टर्यो ओलीको संकट

काठमाडौं । आफूमाथि घेरिएको संकटलाई कुन जालझेलले तह लगाउने भन्ने माखेसाङ्लो खोज्दाखोज्दै अन्ततः बैठकमा उपस्थित नभई सुख नपाएपछि बैठकमा उपस्थित भएका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले १० दिनका लागि संकटलाई धकेलेका छन् ।

यो बीचमा अध्यक्षद्वयले आआफ्नो तर्फबाट प्रस्तुत गरेका प्रतिवेदनहरुले पार्टी एकीकृत रुपमा नरहने आँकलन गरिएको थियो । दुवै तिरबाट भएका आन्तरिक तयारीमा एकले अर्कोलाई आरोप लगाउने बाहेक पार्टी हितका विषयहरु केन्द्रीत थिएनन् । सचिवालयका बहुमत सदस्यहरुको दबावमात्र होइन आफ्नै टिमभित्रका विश्वासपात्रहरुको सुझाव स्वीकार्दै प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी भएका थिए ।

आजको नेकपा सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक १० दिनपछि पुन बस्नेगरी सकिएको हो । बैठकमा पार्टीभित्रको विवाद छलफलबाटै समाधान गर्ने बारेमा दुवै पक्ष सहमत मात्रै देखिएनन् दुवै अध्यक्षलाई दबाव पनि दिएको स्रोतले बताएको छ ।


सम्बन्धित समाचार