Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय विराटनगरमा कक्षा १२ को उत्तरपुस्तिका जाँच गर्दा मिलेमतो गरेको खुलेपछि विवाद भएको छ । बोर्डले उत्तरपुस्तिका जाँच गर्दा सम्बन्धित स्कुलका शिक्षकलाई नदिने नियम बनाएको छ । तर निजी विद्यालयका शिक्षकलाई आफ्नै स्कुलका विद्यार्थीको कपी जाँच गर्न दिएपछि विवाद भएको हो ।
राष्ट्रिय परीक्षा बोर्ड स्रोतका अनुसार विराटनगरको मेरील्याण्ड, शिक्षादीप र अरनिको उच्च माध्यमिक विद्यालयका विद्यार्थीको उत्तरपुस्तिका जाँचमा ‘सेटिङ’ भएको छ । शुक्रबार मेरील्याण्डका शिक्षकले आफ्नै स्कुलको कपी जाँच गरिरहेको फेला परेपछि घटना बाहिर आएको हो ।
परीक्षा बोर्ड विराटनगर स्रोतका अनुसार कार्यालय प्रमुख डम्बरकुमार बतासको मिलोमतोमा सम्बन्धित स्कुलका शिक्षकलाई उत्तरपुस्तिका जिम्मा लगाइएको थियो । बोर्डले अधिकृत समिता राईलाई उत्तरपुस्तिका जाँचको जिम्मा दिएको छ । शुक्रबार राई जाँच केन्द्रबाट बाहिर गएका बेला मेरिल्याण्डका शिक्षकलाई सोही कलेजका विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्न दिइएको थियो । ती शिक्षकले पाएको मध्ये आधा कपी जाँचिसकेपछि सेटिङको रहस्य बाहिर आएको हो ।
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल