Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। नेपाल प्रहरीको १३ डिआइजी पदका १८ एसएसपी प्रतिस्पर्धी रहेका छन्। उनीहरुलाई केही समयपछि डिआइजीको सिफारिस गर्ने प्रहरी प्रधानकार्यालयले जनाएको छ। नयाँ गृहमन्त्री आएसँगै उनीहरुको बढुवा सिफारिस तयारी गरिएको हो। एसएसपीहरु जनकराज भट्टराई, विष्णु कुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, चन्द्रकुमार खापुङ, अर्जुनचन्द ठकुरी, सुरेन्द्र मैनाली कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल, मोहनप्रसाद पोख्रेल, विकासराज खनाल छन्। उनीहरुमध्ये सुरेन्द्र मैनाली चक्रबहादुर सिंह र विकाराज खनाल बढुवा नभए एसएसपीमै विदा हुनेछन्। भट्टराई, बास्तोला र बोहोराले प्रदेश प्रमुखको जिम्मेवारी पाइसकेकाले उनीहरुको बढुवा निश्चितजस्तै भएको छ। प्रहरी प्रधानकार्यालयले शुरुमा किरण राणालाई मधेश प्रदेशमा प्रमुखमा खटाएको थियो। तर प्रधानमन्त्री कार्यालयबाटै उनको सरुवा रोकिएपछि एसएसपी भट्टराई त्यहाँ पठाइएको हो। राणाको भने बाग्मती प्रदेशमा सरुवा भएको थियो। बढुवा नभइकन कोशी प्रदेशमा बास्तोला, मधेशमा भट्टराई, सुदुरपश्चिममा बोहोरालाई पठाइएको हो। केही दिनमा डिआइजीहरुको बढुवा सिफारिस हुनेछ, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो। अघिल्लो पटक छुटेका केसी, खनाल र मैनालीलाई पनि बढुवा गर्ने दबाब रहेको छ। आइजीपी नियुक्ति भएक केही दिनमा एआइजी बढुवा सिफारिस भएको थियो। त्यसपछि डिआइजी बढुवा सिफारिस भने रोकिएको छ। दुई दिन अघि नारायणकाजी श्रेष्ठ प्रहरी प्रधानकार्यालयको नीरिक्षण भ्रमणमा पुगेर सरुवा र बढुवा नरोक्न प्रहरी महानीरिक्षक बसन्त कुँवरलाई निर्दैशन दिएका थिए।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल