Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।
पूर्वसभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट छुट्टाछुट्टै रिट दायर गरिएको नेता मीन विश्वकर्माले जानकारी दिए । दुवै नेताका तर्फबाट कानून व्यवसायीहरूले सर्वोच्च अदालत पुगेर रिट दर्ता गरेका हुन् ।
देउवा पक्षले आगामी असोजमा महाधिवेशन गर्ने गरी नेपाली कांग्रेसले अघि बढाएको कार्यतालिका रोक्न माग गरेको छ । पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनः सुनुवाइका लागि निस्सा दिइसकेको अवस्थामा त्यसको टुंगो नलाग्दासम्म महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउन नहुने देउवा पक्षको तर्क छ ।
कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।
यसैबीच, इतर पक्षको भेलाले गगन थापालाई सभापतिका रूपमा स्वीकार नगर्ने निर्णय गर्दै देउवाकै नेतृत्वमा महाधिवेशन अघि बढाउने निर्णय गरेको थियो । पार्टीभित्रको विवाद चर्किरहेका बेला देउवा समूह सर्वोच्च पुगेको हो ।
२०८३ भाद्र ५
ताजा नेपाल
२०८३ भाद्र ५
ताजा नेपाल
२०८३ भाद्र ५
ताजा नेपाल