Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१६ केजी सुनसहित पक्राउ

गोरखा । धार्चे गाउँपालिका-३ स्थित जंगलमा लुकाई छिपाई राखेको सुन जस्तो देखिने पहेंलो धातु १६ केजी सहित धार्चे गाउँपालिका-१ हुलचुक यरुबगर बस्ने ४० वर्षीय धन कमल गुरुङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । निज गुरूङले अवैध सुन ओसार पसार गरेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीले गुरुङलाई धार्चे गाउँपालिका-३ स्थितमा शंकास्पद रुपमा हिँडि रहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्दा निजले चीनको तिब्बतबाट उक्त परिमाणको सुन अवैध रुपमा चोरी निकासी गरी सोही गाउँपालिकास्थित जंगलमा लुकाई छिपाई राखेको जानकारी दिए पश्चात प्रहरीले उक्त स्थानबाट उक्त धातु फेला पारी बरामद गरेको हो ।
गुरुङलाई थप आवश्यक अनुसन्धानको लागि शुक्रबार राजश्व अनुसन्धान बिभाग हरिहर भवन काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।