Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१६ जुवाडे पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-१३ नैकाप मुखिया गाउँस्थित केदार प्रसाद पौडेलको टहरामा जुवातास खेलिरहेको अवस्थामा पौडेल लगायत ९ जनालाई नगद ४६ हजार ९५ रुपैयाँ र ३ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास उक्त टहरामा खेलीरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
भक्तपुर, सूर्यबिनायक नगरपालिका(६ सूर्यबिनायक बस्ने सोही नगरपालिका(९ पलाँसे घर भएका ३५ वर्षीय चिरन थापाको करण क्याफेमा जुवातास खेलिरहेको अवस्थामा थापा लगायत ७ जनालाई ७० हजार १ सय ९५ रुपैयाँ र ३ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त क्याफेमा जुवातास खेलिरहेको छ भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।