Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१७९० जनामा कोरोना संक्रमण, २४ जनाको ज्यान गयो

काठमाडौं । मंगलबार नेपालमा थप १ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार ७९१ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ । पछिल्लो २४ घण्टामा २४ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३६१ पुगेको छ। यस्तै हालसम्म ६२७ जना क्वारेन्टिनमा रहेका छन् ।


सम्बन्धित समाचार