Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा बिष्फोटक व्यापारलाई जारी राखेको छ । तेस्रो सातामा पनि फिल्म हेर्ने दर्शकको चाप घटेको छैन । फिल्मले अझै पनि ३ सय ५० भन्दा बढी शोज पाइरहेको छ । आज शनिबार पनि फिल्मले साढे २ करोड भन्दा माथिको व्यापार गर्ने आँकलन गरिएको छ ।
तर, हलमा फिल्म बम्पर चलिरहेको समयमा यसको निर्माण कम्पनी सेभेन सिजले भने १९ वटा हलबाट फिल्म उतार्ने बोल्ड निर्णय लिएको छ । यी सबै हलले फिल्मको ‘फेक रिपोर्ट’ दिएको देखेपछि फिल्म शनिबारबाट उतारिएको हो । हाउसफुल अकुपेन्सीमा फिल्म प्रदर्शनमा आएपनि निर्माणपक्षलाई निकै कम ग्रस कलेक्शन मात्र उपलब्ध गराएपछि शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै सेभेन सिजले फिल्म उतारेको हो । कम्पनीका अनुसार, अरुण हल विराटनगर, निलम सिनेमाज् जनकपुर, विना हल लालबन्दी, गोरखा हल गोरखा, बर्दिबास हल बर्दिबास, विराट चोक हल मोरङ, सीबी हल इनरुवा, एभरेष्ट हल राजगढ, धनकुटा हल धनकुटा, फिदिम हल पाँचथर, त्रिशुली हल नुवाकोट, इलाम हल इलाम, लभ कुश हल महेन्द्रनगर, त्रीमुर्ती हल र गिरिराज हल जनकपुरबाट फिल्म उतारिएको हो । फिल्मका निर्माता विनोद पौडेलले यी सबै हलले फेक व्यापारिक रिपोर्ट दिएको जानकारी दिए । आफ्नो घरको फोहोर आफै सफा गर्नुपर्छ भन्दै सेभेन सिजले एउटा बोल्ड निर्णय लिएको छ । चलचित्र सम्बन्धी संघसंस्थाहरू समेत यस्तो घोटाला हुँदा पनि आँखा चिम्लिएर बसेको अवस्थामा एक फिल्म निर्माण कम्पनीले बोल्ड निर्णय लिँदै फिल्म क्षेत्रमा कम्पन ल्याइदिएको छ । सरोज पौडेलको लेखन तथा निर्देशन, महेश दवाडीको संवाद रहेको यो फिल्मले बक्स अफिसमा ३० करोड भन्दा माथिको ग्रस कलेक्शन गरिसकेको छ ।
२०८१ मंसिर २
ताजा नेपाल
२०८१ मंसिर २
ताजा नेपाल
२०८१ मंसिर २
ताजा नेपाल