Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१ सय ५० जना कोरोना संक्रमित थपिए

काठमाडौं । १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना पुष्टि भएको जानकारी दिए। ३ हजार ९ सय ६३ जनाको पीसीआर परीक्षाण गर्दा १५० जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १७९९४ पुगेको छ। जसमध्ये १२ हजार ४७७ जना निको भएर फर्किएका छन्। पछिल्लो २४ घण्टामा मात्रै ६ सय ९ जना निको भएर घर फर्किएका छन्। नेपालमा निको हुनेको दर ६९.३४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यस्तै हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ रहेको छ।