Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२७३५ अंकमा सेयर बजार, साढे १९ अर्ब नाघ्यो कारोबार

४ साउन, काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २०.६३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६६० अंकमा झरेको छ । तीन पटकसम्म २७०० नाघेको बजार अन्ततः घटेर बन्द भएको हो ।

कारोबार सुरु भएको दुई मिनेटमै नेप्से परिसूचक २७३५ अंकसम्म पुगेको थियो । त्यसपछि उतारचढावका क्रममा दुई पटक २७०० अंक नाघे पनि माथि टिक्न सकेन ।

बजार घट्दा कारोबार रकम भने उच्च भएको छ । १९ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिनायताकै उच्च हो । ७० कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ४ को स्थिर रह्यो ।

फाइनान्स ५६ तथा हाइड्रोपावर समूह २६ अंक बढे भने अरु सबै घटे । बैंकिङ ०.६, विकास बैंक १४२, होटल तथा पर्यटन १९, जीवन बीमा २५२, उत्पादन १३७, माइक्रोफाइनान्स २०६, निर्जीवन बीमा १४०, अन्य ०.५६ र व्यापार १७६ अंक घटे ।

नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै ९.७ प्रतिशत बढ्यो । मन्दाकिनी हाइड्रोपावरको ८.५, बाराही हाइड्रोपावरको ६.८, जानाकी फाइनान्सको ६.८ तथा गणपति लघुवित्तको ६.५ प्रतिशत मूल्य बढ्यो । आरम्भ चौतारी लघुवित्तको मूल्य ८.३, बोटलर्स नेपाल बालाजुको ७.९, अभियान लघुवित्तको ६.८, गुराँस लघुवित्तको ६.७ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल फाइनान्स क्रमशः अगाडि  छन्  ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल