Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टायर विस्फोट हुँदा आगो लागेको छ । इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टीके ७२६ कल साइनको विमान अवतरणका क्रममा एउटा टायर विस्फोट भई आगो लागेको थियो । टायर फुटेपछि पांग्राको भागमा, इन्जिननजिकै आगो र धुवाँ देखिएको विमानस्थल नजिकैबाट पाइलट बेद उप्रेतीले बताए ।
त्यसपछि चालक दल र विमानस्थल प्रशासनले सुरक्षा सतर्कतास्वरूप यात्रुहरूलाई ढोकाबाट नभई आकस्मिक स्लाइड मार्फत् बाहिर निकालेका हुन्। अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको उडान र अवतरण बन्द गरिएको छ । जहाजमा ४ बच्चासहित २७७ यात्रु रहेका थिए । जहाजमा रहेका सम्पूर्ण यात्रु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल