Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अभिनेता प्रदीप खड्काले अबको डेढ वर्षसम्म आफुसँग नयाँ चलचित्रमा काम गर्ने समय नभएको पनि खुलाएका छन् । दुई वर्षमा मुस्किलले एउटा चलचित्रमा काम गर्ने यी अभिनेता यतिबेला आधा दर्जन चलचित्रमा जोडिएका छन् । यी आधा दर्जन चलचित्रको काम सकेपछि मात्र नयाँ चलचित्रमा आबद्ध हुने उनले जिकिर गरे ।
आफ्नो नयाँ चलचित्र एक्टर एउटा गीत बाहेकको छायाँकन बुधबार रातीमात्र टुँग्याएर उनी बिहिबार बेलायत उडेका हुन् । त्यहाँ चलिरहेको नेपाली चलचित्र महोत्सबमा यी अभिनेताको हालै रिलिज चलचित्र पुजार सार्की चयन भएर विशेष प्रदर्शन हुँदैथियो । शनिबार आफ्नो चलचित्र प्रदर्शनसँगै शनिबार बेलुका सम्पन्न हुने सो महोत्सबको समापनका लागि उनी बेलायत पुगेका हुन् । बेलायतबाट फर्केर लगत्तै उनी नयाँ चलचित्र एक्लोको कार्यशालामा जोडिने भएका छन् ।
पछिल्लो चलचित्र प्रकाश र प्रेमगीत ३ को छायाँकनपछि तीन वर्षसम्म खाली बसेको यी अभिनेता गत भदौमा चलचित्र पुजार सार्कीमा जोडिएका थिए । जेठमा रिलिज भएको प्रकाशले व्यबसायिक सफलता हाँसिल गरेपछि यी अभिनेतालाई थेगिनसक्नु गरी चलचित्रको प्रस्ताव आएको छ ।
प्रकाशको छायाँकनपछि एकपछि अर्को गर्दै ६ वटा चलचित्रमा जोडिएका प्रदीपले भने,अहिले मलाई प्राप्त भएका सबै स्कृप्टमा अनुबन्धित हुन हो भने पाँच वर्षसम्म मलाई पुग्दो काम आएको छ । तर अहिलेको ६ वटा चलचित्रको काम नसकी अब नयाँ चलचित्रमा म आबद्ध हुन्न ।
यी अभिनेता साउनको अन्तिम साताबाट प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्र एक्लोको छायाँकनमा जोडिने भएका छन् । दशैंसम्म आफुले चलचित्र उक्लोको छायाँकन सक्ने यी अभिनेताको लक्ष्य छ । यो चलचित्रको नेपालसँगै बेलायतमा पनि छायाँकन हुँदैछ । जसमा बेलायती कलाकार पनि छन् ।
चलचित्र एक्लोको छायाँकनकै क्रममा अहिलेको चलचित्र एक्टरको गीतको छायाँकन समय मिलाएर सक्ने योजना उनले सुनाए । त्यसपछि कृषा चौलागाईं निर्देशित चलचित्र पिताम्बर, हिन्दी र नेपाली भाषामा निर्माण हुन लागेको अर्को मेघा प्रोजेक्ट चलचित्र ऐरीको छायाँकन सेड्युल रहेको यी अभिनेताले खुलाए, यो वर्षको अन्तिम तिर निर्देशक मिलन चाम्सको निर्देशनमा चलचित्र लिली बिली २ को काम गर्नेछु । सोही बीचमा सुदर्शन थापाको नयाँ चलचित्रमा पनि काम गर्नेछु । यी ६ वटा चलचित्रको काम आगामी डेढ वर्ष भित्र सकेर बल्ल नयाँ चलचित्रमा अनुबन्धित हुने यी अभिनेताले खुलाए ।
चलचित्र पुजार सार्कीको प्रिमियरको सिलसिलामा गत महिना अमेरिका सहित विभिन्न देश पुगेका प्रदीपलाई बिदेशबाट पनि त्यत्तिकै धेरै नेपाली चलचित्रमा अभिनयको प्रस्ताव आएको छ । अमेरिकाबाट तीन वटा, अष्ट्रेलिया र जापानबाट पनि एक एक वटा नेपाली चलचित्रमा शिर्ष भूमिकाको लागि उनलाई प्रस्ताव आएको रहेछ,अमेरिकामा एकजना निर्देशकले त मलाई ६० लाख रुपैयाँ पारिश्रमिक सोही भेटमै दिएर दुईवर्षपछि आफुलाई नयाँ चलचित्रको लागि पालो दिन पनि आग्रह गर्नु भएको थियो । स्कृप्ट फाईनल भएपछि त्यतिबेलै सम्झौता गरौंला भनेर मैले सो पारिश्रमिक लिइन मानिन् । प्रदीपले भने । नेपालमा पनि दुई वर्ष पछि चलचित्रको लागि समय माग्दै अग्रिम पारिश्रमिक दिन आउनुहुने निर्माताहरु धेरै भएको पनि यी अभिनेताले खुलाए ।
प्रदीपले अब दिनमा चकलेटी हिरो भन्दा पनि चरित्रलाई महत्व दिने बताएका छन् । हिरो भन्दा पनि चरित्रलाई मध्यनर राखेर आफ्नो चरित्रमा डुवेर कलाकारको रुपमा काम गर्दा चलचित्रको अबको यात्रा दीगो रुपमा अघि बढ्ने यी अभिनेताको निस्कर्षमा आफु पुगेको बताएका छन् । चार वर्ष अघि अभिनेता निर्देशक अनुप बरालसँग ४ महिनाको विषेश अभिनय प्रशिक्षण लिएपछि चलचित्र प्रकाशमा हुम्लाको शिक्षकको रुपमा यी अभिनेता प्रस्तुत भए । सो चरित्रबाट उनले प्रसस्त तारिफ बटुले । त्यसैगरी यसपटक चलचित्र पुजार सार्कीमा उनले मईते परियारको भूमिका निर्वाह गरे । यी दुई चरित्रका लागि दर्शकबाट पाएको मायाँले पुलकित भएका प्रदीपले अब यस्तै चरित्रलाई महत्व दिने बताएका हुन् ।
चलचित्र स्केपबाट नायकको रुपमा अभिनय यात्रा थालेका प्रदीपले चकलेटी नायकको रुपमा काम गरेको अघिल्ला दुई चलचित्र लभ स्टेशन र रोजबाट त्यतिराम्रो ब्यबसायिक सफलता हाँसिल गर्नसकेनन् । तथापि चलचित्र प्रेमगीतको ३ वटा सृँखला र लिलीबिलीको ब्यबसायिक सफलताले उनको साख बचाएको थियो । सोहीकारण पनि आफु अब चरित्रमूखी हुन थालेको पनि यी अभिनेताले खुलाए ।
आफु जोडिएको चलचित्रलाई छायाँकन गरेर मात्र नछाड्ने यी अभिनेताको कथन छ,त्यो चलचित्रको प्रचार प्रसारदेखि रिलिजसम्म हिडेर प्रदर्शनसम्पन्न भएपछि मात्र मैले आफ्नो जिम्मेवारी पुरा गरेको ठान्दै आएको छु । त्यसैले पनि रिलिजको मितिलाई गणना गर्दा अबको दुई वर्षसम्म आफु यी आधा दर्जन चलचित्रमै व्यस्त रहने अभिनेता प्रदीप खड्काले बताए ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल