Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयन दर्ता गर्ने उम्मेदवारको संख्या ३ हजार ४ सय ८४ पुगेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार कुल उम्मेदवारमध्ये महिलाको संख्या ११ प्रतिशत अर्थात ३ सय ९५, पुरुष ३ हजार ८८ अर्थात ७९ प्रतिशत र अन्य १ जना छन् । राजनीतिक दलको तर्फबाट मनोनयन दर्ता गराउने उम्मेदवारको संख्या २ हजार २ सय ९७ छ । तीमध्ये १० प्रतिशत अर्थात २ सय ३५ महिला, ९० प्रतिशत अर्थात २ हजार ६४ पुरुष र १ जना अन्य लिङ्गका उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारको संख्या १ हजार १ सय ८७ पुगेको छ, जसमा १ सय ६० महिला र १ हजार २४ पुरुष छन् । उमेर समूहका आधारमा हेर्दा ३६ देखि ४० वर्ष समूहमा सबैभन्दा बढी ४६ प्रतिशत अर्थात १ हजार ६ सय १० उम्मेदवार छन् । यो समूहमा २ सय ३५ महिला र १ हजार ३ सय ७५ पुरुष छन् । २५ देखि ३५ वर्ष उमेर समूहमा १६ प्रतिशत अर्थात ५ सय ८३ जना उम्मेदवार दर्ता भएका छन् भने ४१ वर्षदेखि ४५ वर्ष उमेर समूहमा ३१ प्रतिशत अर्थात १ हजार ९० जना उम्मेदवार छन् । ४५ वर्षभन्दा माथिका उम्मेदवारको संख्या ५ प्रतिशत अर्थात २ सय १ रहेको आयोगको विवरणमा उल्लेख छ । निर्वाचन आयोगका अनुसार यसपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक दलको संख्या ६८ छ । आयोगले सार्वजनिक गरेको विवरण प्रारम्भिक भएकाले सामान्य हेरफेर हुनसक्ने जनाएको छ ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल