Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

४३४ जनामा संक्रमण, राजधानीमै ९ जना संक्रमित

काठमाडौं । कोरोना संक्रमण फैलिने क्रममा छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३४ जनामा कोरोना संक्रमण देखिएको हो । जसमा ४८ जना महिला छन् भने ३८६ जना पुरुष छन् । हालसम्म १ हजार १४२ जना महिला र १० हजार २० जना पुरुष गरी देशभर ११ हजार १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार उपत्यकाका थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रवक्ता डा। गौतमका अनुसार ललितपुरका १ जना, भक्तपुरका ४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टको अवधिमा १९ महिला र २९३ पुरुष गरी ३१२ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म २१६ महिला र २ हजार ४३४ पुरुष गरी २ हजार ६५० जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ६ हजार ५४३ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ भने ४ हजार १६७ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । त्यस्तै देशभरका विभिन्न क्वारेन्टाइनमा ७४ हजार ‍२२ जना छन् भने ८ हजार ४८६ जना आइसोलेसनमा छन् ।