Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । काठमाडौंको सोल्टीमोडस्थित सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १२ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोमबार निक्षेपकर्ताको करिब ४६ करोड हिनामिना गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।
ठगी मुद्दाको उजुरीका आधारमा सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठ पनि पक्राउ परेका सिआइबीका प्रमुख डिआइजी धीरजप्रताप सिंहले जानकारी दिएका छन् ।
पूर्वसभासद्समेत रहेका चर्चित घरजग्गा व्यवसायी तामाङ सहकारीको रकम दुरुपयोग गर्दा केही वर्षयता आर्थिक समस्यामा थिए । उनीमाथि गत वर्षदेखि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत छानबिन गर्दै आएको छ। उनी दोस्रो संविधानसभामा एमालेका तर्फबाट सभासद थिए ।
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल