Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

४ खर्ब ३० अर्ब १ हजार दरका नोट छाप्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको १ हजार दरका नयाँ नोट छाप्ने भएको छ । राष्ट्र बैंकले १ हजार दरका ४३ करोड थान नयाँ नोट छाप्ने प्रक्रिया अगाडि बढाएको छ । सो आधारमा राष्ट्र बैंकले एकैपटक ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरका १ हजार दरका नयाँ नोट छाप्न लागेको सहायक प्रवक्ता सुमन न्यौपानले बताए ।

उनका अनुसार राष्ट्र बैंकले एकैपटक यति धेरै संख्यामा १ हजार दरका नयाँ नोट छाप्न लागेको भएपनि बजारमा भने आवश्यकताका आधारमा मात्रै पठाउनेछ ।
अहिले १ हजार दरका ४३ करोड नयाँ नोट छाप्नका लागि प्रक्रिया अगाडि बढाइएको हो । तर, हामी एकैपटक सबै नोट बजारमा पठाउँदैनौं । राष्ट्र बैंकले आवश्यकताका आधारमा नोट सर्कुलेसन गर्नेछ, उनले भने ।

राष्ट्र बैंकले नयाँ नोट छाप्ने प्रक्रिया अगाडि बढाउँदै डिजाइन, छपाई र आपूर्ति तथा वितरणको लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो । एक हजार दरका नयाँ नोट छाप्न प्रस्ताव पेस गर्न इच्छुक कम्पनीहरुलाई राष्ट्र बैंकले आग्राह गरेको हो ।

इच्छुक कम्पनीले सन् २०२५ अक्टोबर ९ तारिखसम्म राष्ट्र बैंकको थापाथली स्थित बैंकिङ विभागमा बोलपत्र प्रस्ताव पेस गर्नुपर्नेछ । बोलपत्रको शुल्क २० हजार रुपैयाँ वा १४४ अमेरिकी डलर वा १२३ युरो वा १०७ पाउन्ड तोकिएको छ ।

बोलपत्र पेस गर्दा ६ करोड ४० लाख रुपैयाँ धरौटी राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल