Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। राजधानीमा चल्तीको व्यवस्थापन कलेजका रुपमा दरिएको मध्यवानेश्वरस्थित एपेक्स कलेज कान्तिपुर मिडिया समूहले खरिद गरेको छ।
कांग्रेस नेता मिनेन्द्र रिजालसहित अन्य पाँचजनाको स्वामित्व रहेको एपेक्सको सम्पूर्ण स्वामित्व कान्तिपुर समूहले खरिद गरेको हो।
कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाका छोरा सम्भव सिरोहियाको नाममा शतप्रितशत सेयर स्वामित्व राखेर कलेज खरिद भएको हो।
एपेक्स कलेज ६० करोड रुपैयाँमा किनबेच भएको स्रोतले बताएको छ। मध्यवानेश्वरको मुल बाटोमै ४० आना जमीन र त्यसमा रहेको सम्पूर्ण भवन संरचनाहरु कलेजको आफ्नै हो।
खासगरी व्यवस्थापन संकायअन्तर्गत स्नातक र स्नातकोत्तर तहमा विभिन्न विषयमा पढाइ हुँदै आएको एपेक्सको वार्षिक कारोबार १५ करोड रुपैयाँ हाराहारी रहेको छ।
सन् २००० मा स्थापना भएको एपेक्समा रिजाल दप्पत्ती दुर्गा रिजालसहित को मुख्य लगानी रहेको थियो। यसबाहेक प्रा। प्रेमराज पन्त, एलपी भानु शर्मा, टीका उप्रेती र विनयकुमार शर्माको स्वामित्वमा थियो। सिरोहियाले कलेज खरिद गरेसँगै यी सबै लगानीकर्ता अहिलेलाई एपेक्सबाट बाहिरिएका छन्।
तर, मिनेन्द्र रिजालले केही दिनअघि बिजमाण्डूसँगको कुराकानीमा उनी कलेजमा रहने बताएका थिए। उनकी श्रीमती दुर्गा रिजालले एपेक्सको विद्यार्थी मामिला विभाग हेर्दै आएकी थिइन्।
एक साताअघि बिजमाण्डूसँगको कुराकानीमा कलेजका प्रधानाध्यपक एलपी भानु शर्माले आफूहरु आक्रामक रुपमा जान खोजिरहेको र त्यसका लागि रणनीतिक साझेदार पनि भित्र्याउने तयारीमा रहेको बताएका थिए। तर यतिबेला भने कलेजको सबै स्वामित्व यो समूहले सिरोहियालाई बिक्री गरेको छ।
कलेज किनबेचका विषयमा सिरोहिया र एपेक्स संचालकहरुबीच केही महिनादेखि नै नेगोसिएसन चल्न थालेको स्रोतको भनाइ छ। यसको डिल भने केही दिनअघि मात्र टुंगिएर स्वामित्व हस्तान्तरण भएको हो। स्वामित्व आफ्नो नाममा आएसँगै सम्भवले एपेक्सको व्यवस्थापन हेर्न थालिसकेको बुझिएको छ
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल