Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । संखुवासभा मादी नगरपालिका (१ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका एकजनालाई प्रहरीले १ सार्वजनिक गरेको छ ।
चैनपुर इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी २६ वर्षीय लोकबहादुर कार्कीलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
उनी मृतकमध्ये तेजबहादुरको भतिजा रहेको प्रहरीले बताएको छ । चिर्पटले हानेर सबैको हत्या गरेको लोकबहादुरले स्वीकार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
९० वर्षीय बौद्धमान कार्कीको परिवारका उनीबाहेक ६ सदस्यको हत्या भएको थियो ।
उनका ५२ वर्षीया छोरा तेजवहादुर कार्की, वुहारी कमला कार्की, रन्जना कार्की, पत्नी पार्वती कार्की, नाति विपिन कार्की र नातिनी गोमा कार्कीको हत्या भएको थियो । विपिन ८ वर्ष र गोमा ५ वर्षका नाबालक थिए । उनीहरुको शव घर नजिकै फेला परेको थियो भने पार्वती कार्कीको शव घरको ओछयानमा फेला परेको थियो
२०८३ कार्तिक १०
ताजा नेपाल
२०८३ कार्तिक १०
ताजा नेपाल
२०८३ कार्तिक १०
ताजा नेपाल