Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

६ सयले सस्तियो सुन, तोलाको कति ?

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रति तोला १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले घटेर प्रति तोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार रुपैयाँ निर्धारण भएको छ। यता चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको छ। मंगलबार चाँदीको प्रति तोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।